काठमाडौं । एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेडले आइतवारदेखि एकिकृत कारोबार शुरु गरेका छन् ।
एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा मिति २०७४ साल कात्तिक २३ गते भएको सहमतीपत्र बमोजिम दुवै कम्पनीको मिति २०७४ मंसिर २९ गते सम्पन्न छट्टाछुट्टै विशेष साधारण सभाको निर्णय बमोजिम माघ २८ गते देखि एनआईबिएल एस क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोवार सञ्चालन भएको हो ।
यो मर्जर पश्चात यस कम्पनीको चुक्ता पूंजी २७ करोड हुने र हालसम्मकै सवैभन्दा बढि चुक्ता पूंजी भएको धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर), १ लाख ४२ हजार भन्दा वढि हितग्राही खाता, ४ वटा शाखा कार्यालयहरु (थप ३ वटा खुल्ने क्रममा रहेको) र ३८ वटा कम्पनीको शेयर रजिष्ट्रार कार्यमार्फत करिब १० लाख शेयरधनीहरुलाई सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।