अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी फागुन ३ गतेदेखि हुँदै « Eglish Khabarhub

अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी फागुन ३ गतेदेखि हुँदै



काठमाडौं । कृषि क्षेत्रको व्यावसायिक बिकास गर्ने उद्देश्यले नेपालमा दोस्रो पटक बृहत अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको आयोजना यही फाल्गुण ३ देखी ६ गते सम्म भृकुटीमण्डप, काठमाडौंमा हुने भएको छ ।

नेपाल, भारत, मलेसिया, चीन, ताइवान, इटाली, इजराइल, बंगलादेश, जर्मनी, बेलजियम, नेदरल्याण्डस सहित १० भन्दा बढी देशका १२० भन्दा बढी प्रदर्शनीकर्ताहरुको सहभागिता रहने यस प्रदर्शनीमा आधुनिक कृषि यन्त्र तथा उपकरणहरु, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन उद्योग, पोल्ट्री उद्योग एवं पशुपालन उद्योग सम्बन्धी विभिन्न प्रविधिहरुको प्रदर्शनी गरिने छ ।

मिडिया स्पेश सोलुसन्स र फ्यूचरेक्स ट्रेड फेयर एण्ड इभेन्टको संयुक्त आयोजनामा हुन गइरहेको सो प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना औजार, मेसिन देखी लिएर कृषि, डेरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने बताउदै नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सृजल भट्टराईले जानकारी दिए ।

प्रदर्शनीको अवसर पारेर कुषि गोष्ठी समेत आयोजना गरिने आयोजकले जानकारी दियो ।

Publish on: