सिटिजन्स बैंक र यूकेको रेमिट्यान्सबीच सम्झौता « Eglish Khabarhub

सिटिजन्स बैंक र यूकेको रेमिट्यान्सबीच सम्झौता



काठमाडौं । सिटिजन्स बैंक र यूकेको रेमिट्यान्स कम्पनी सुपरसोनिजबीच सम्झौता भएको छ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी तथा सुपरसोनिजका निर्देशक अल्मामो फात्तिले हस्ताक्षर गरेका थिए ।

सो सम्झौतासँगै यूकेसहित यूरोपियन मुलुकबाट नेपालमा रेमिट्यान्स पठाउन सहज भएको बैंकले जनाएको छ। ति मुलुकमा रहेको सुपरसोनिजबाट पठाएको रेमिट्यान्स बैंकका जुनसुकै शाखाबाट प्राप्त गर्न सकिने छ।

यसअघि बैंकले कुवेतको डलरको एक्स्चेन्ज, यूके क्यासको फाइनान्सियल सर्भिसलगायत कम्पनीहरुसँग सम्झौता गरिसकेको छ।

Publish on: