२८ मंसिर २०८२, शनिबार

‘पर्सनल होम लोन’ मा बैंकहरु आकर्षित, महिनामा सवा २ अर्ब कर्जा प्रवाह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । व्यक्तिगत घर बनाउन वा किन्नका लागि  कर्जा दिन बैंकहरुको आकर्षण देखिएको छ । लगानी योग्य पुँजी (तरलता) अभाव हुँदा पनि बैंकहरुले पर्सनल होम लोनमा आकर्षित देखिएका छन् ।

राष्ट्र बैंकका अनुसार एक वर्षमा बैंकहरुले २८ अर्ब होम लोन विस्तार गरेका हुन् । जुन मासिक औषतमा सा २ अर्ब रुपैयाँ हुन आउँछ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकहरुले १ खर्ब ९४ अर्ब ६७ करोड रुपैयाँ होम लोन दिएका छन् । ठीक एक वर्षअघि अर्थात् २०७३ पुस मसान्तमा बैंकहरुले १ खर्ब ६६ अर्ब ८० करोड रुपैयाँ ऋण होम लोन दिएका थिए ।

यो एक वर्षको अवधिमा बैंकहरुले कूल ३ खर्ब १३ अर्ब रुपैयाँले कर्जा विस्तार गरेका छन् । जसमा पर्सनल होम लोनमा गरिएको कर्जा विस्तार औषतमा उल्लेख्य हो । ०७३ पुस मसान्तमा १८ खर्ब ९५ अर्ब रुपैयाँ कूल कर्जा प्रवाह गरेका बैंकहरुले ०७४ पुस मसान्तमा २२ खर्ब ८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

६ महिनाको अवधिमा बैंकहरुको कूल कर्जा विस्तार ११ प्रतिशतले छ भने पर्सनल होम लोनको वृद्धिदर १० प्रतिशत छ ।

नयाँ होम लोन कम मात्रै विस्तार भए पनि पहिले नै कमिटमेन्ट गरिसकेको हुनाले होम लोनको वृद्धि उल्लेख्य देखिएको बैंकर्स संघका अध्यक्षसमेत रहेका एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

‘यो एक वर्षको अवधिमा बैंकहरुले नयाँ कर्जा कम मात्रै विस्तार गरे, तर पुरानो प्रतिवद्धता भएको कर्जा भने रोकेनन्, होम लोनको पुरानै कमिटमेन्ट भएको हुनाले वृद्धिदर सन्तोषजनक नै देखिएको हो,’ ढुंगानाले क्लिकमाण्डूसँग भने ।