कृषि विकास बैंकमा शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा « Eglish Khabarhub

कृषि विकास बैंकमा शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा



डोल्पा । सदरमुकाम दुनैस्थित कृषि विकास बैंकमा शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

दुई महिनादेखि बैंक प्रबन्धकविहीन भएपछि सेवाग्राही मारमा परेका हुन् । गत पुसमा शाखा प्रमुख रवि खत्रीको सरुवा भएकमो थियो ।

“दुई महिना भइसक्यो, आउने अत्तोपत्तो छ्रैन”, निमित्त प्रमुख जीवराज बमले भने “प्रबन्धक नहुँदा कर्जा लगानी रोकिएको छ, धितो मूल्याङ्कन पनि हुन सकेको छैन, कर्जा लिनका लागि दैनिक सातदेखि १० जनासम्म सेवाग्राही आउने गरेका छन्, सबैलाई हाकिम आउनुभएको छैन भनेर फर्काउने गरेको छु ।”

त्रिपुरा सुन्दरी नगरपालिका–१ का हरिचन्द्र विष्टले पुसयता कर्जा लिन भन्दै छ पटक बैंक पुगेपनि काम हुन नसकेको बताए।

डोल्पामा अहिलेसम्म आठ करोड ४१ लाख रुपैयाँ रकम लगानी गरिएको कृषि विकास बैंकले जनाएको छ ।

Publish on: