स्मार्टफोनको लत छुटाउने खर्च ४२ लाख

स्मार्टफोनको लत छुटाउने खर्च ४२ लाख


अमेरिकामा आइफोन एक्स किन्न ग्राहकले करिब ६५ हजार रुपैयाँ खर्च गर्छन् भने यसको लत छुट्टाउनलाइ करिब २६ लाख रुपैयाँ खर्च गर्छन् ।

आइफोनको मुल्य भन्दा ४० गुणा बढी खर्च करोडपति ग्राहकले आफ्नो बच्चाप्रति गर्दै आएको पाइएको छ । यसरी पछिल्लो पाँच बर्षमा आइफोनको माग निकै बढेको मान्न सकिन्छ ।

सिलिकन भ्यालीमा ठूला कम्पनी फेसबुक , ट्विटर, एप्पल , गुगलका आसमास दर्जनौ यस्ता क्लिननिकहरु खुलिरहेका छन् । क्लिनिकको उदेश्य मोवाइलको लत छुट्टाउनु नै रहेको पाइएको छ । यस्ता क्लिनिकले दिनमा २० घण्टासम्म मोवाइल चलाइरहने व्यक्तीको उपचार गर्ने गर्दछ ।

सन फ्रान्सिकोबाट करिब ३० किलोमिटरको दुरीमा रहेको एउटा हवेलीमा यस्तै क्लिनिक खोलिएको छ । हरियालीले भरिएको पहाडको उच्च स्थानमा अवस्थित क्लिनिकमा लत छुट्टाउन ४५ दिन सम्म राख्ने गरिन्छ । क्लिनिकको खर्च यहाँ प्रदान गरीने महंगो सेवाको आधारमा लिएको मानिन्छ । लग्जरी लन्च एवम् हाट टबको सुविधा लिएमा एक रातको नै करीब एक लाख रुपैँया खर्च गर्नु पर्ने हुन्छ ।

यहाँ मोवाइल फोन , ल्यापटप , ट्वाबलेट चलाउन बन्देज गरिएको छ । यस्ता सामाग्री क्लास रुममा मात्र प्रयोग गर्न पाइने छ । यस्ता चिजहरु युवाले साइकोलोजिस्ट एवम् शिक्षकको रेखदेखमा मात्रै चलाउन अनुमति रहेको छ । यस्ता किसिमको नशा भएको व्यक्तिलाई स्पेशल थेरापी दिइन्छ । थेरापि पश्चात बिमारीले पढाइमा , परिवारमा , आफ्नो साथीभाइमा पर्याप्त समय दिन सक्छन् ।

यस्ता किसिमका बिरामी पहिचान गर्न केहीँ उपाय समेत रहेका छन् । क्लिनिकको निर्देशक डेनियल कोवाक्सका भन्छन्, ‘हामीले यहाँ युवालाइ अफलाइन राख्ने गरेका छौं जसले गर्दा युवाले सामाजिक सञ्जालमा भन्दा बढी आफैँलाइ ख्याल गर्न समय दिने गरेको पाएका छौ।’

अमेरिकामा इन्टरनेटको लत भएको व्यक्तिलाई आधारिकारिक ढंगले बिरामी मानिदैन । हङकङ् , अष्ट्रेलिया , चीन , इटालीमा भने यस्ता रोग भएका व्यक्तीलाइ बिरामी मानिन्छ । दक्षिण कोरियामा समेत यस्ता रोग भएमा व्यक्तिलाई सरकारी अस्पतालमा भर्ना समेत गरिन्छ ।

‘इन्टरनेटको लत भएको बच्चा रातभर फेसबुक,इंस्टाग्राम जस्ता साइटमा समय बिताउने गर्दछन् साथै बिहान समयमा स्कूलको लागि तयार हुन सक्दैनन अनि आफ्नो काममा राम्रोसंग केन्द्रीत हुन सक्दैनन् । ’ निर्देशक डेनियल कोवाक्स आफ्नो अनुभव सुनाउँदै भन्छन् ।

यसरी नै नशा भएका व्यक्तिहरु इन्टरनेट कनेक्सन टुट्दा रिसाउने गर्दछन् । उनीहरुले लुकी लुकी सामाजिक संजाल प्रयोग गरेको समेत पाइएको छ । लुकेर सामाजिक संजाल प्रयोग गरेपनि आफूले नचलाएको दाबी गर्ने अथवा झुट बेल्ने गरेमा त्यस्ता व्यक्ती नशामा रहेको मान्न सकिन्छ । एक्लै समय बिताउन चाहनु साथै परिवारबाट टाढा रहनु समेत लक्षणको नशाामा पर्ने मान्न सकिन्छ ।

कोवाक्स अभिभावकले इन्टरनेट चलाउने सिमा अवधि तयार गर्नु पर्ने सोही सिमा अवधीमा खाने ,कम्प्यूटर इन्टरनेट चलाउने ,सुत्ने समेत तालिका अनुसार नै गर्नुपर्ने सुझाव दिन्छन् ।

क्लिनिकमा बिमारीको लागी सहज प्रकारको शयन कक्ष उपलब्ध गरिएको छ । त्यहाबाट समुद्रको दृश्य देख्न सकिन्छ । एउटा कोठामा ३ वटासम्म बेड छ । यहाँ बिरामीको सम्बन्धमा सुधार ल्याउन परिवारलाई समेत राख्ने व्यवस्था रहेको छ । पहिले अनलाइन संसारमा नै रमाउँन खोज्ने व्यक्तिले पछिल्लो समयमा आएर भने अफलाइन संसारको मज्जा लिने गरेको पाइएको छ ।

बिरामीलाई उपचार गर्ने क्रममा व्यायामले समेत महत्वपूर्ण भुमिका खेल्ने गरेको पाइएको छ । बिहान ७ बजेको समयमा बिरामीले नियमित रुपमा उठ्नु पर्नेछ । यसरी नै अरुसंगै कफी , खाजा लिएर बिरामीले दिनको सहिँ सुरुवात गर्ने गर्छन् । नशाबाट टाढा रहन व्यायामले पनि निकै सहयोग पुर्याएको पाइन्छ । थेरापिले पढाइलाइ समेत अघि बढाएर शारीरिक विकासमा समेत सहयोग पुग्ने मानिन्छ ।