सिटिजन्स बैंक ६८औं शाखा कास्कीको सिमलचौरमा « Eglish Khabarhub

सिटिजन्स बैंक ६८औं शाखा कास्कीको सिमलचौरमा



 

काठमाडौं । सिटिजन्स बैंकले कास्की जिल्लाको सिमलचौरमा शाखा संचालनमा ल्याएको छ । फागुन १४ गतेदेखि संचालनमा आएको  शाखाको उद्घाटन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले गरेका छन् ।

सो समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
शाखाका प्रवन्धक अरुण अधिकारीेले यस क्षेत्रमा कृषि कर्जा , पशु पालन,पर्यटन तथा अन्य व्यवसायिक क्षेत्रमा प्रचुर सम्भावना रहेको र बैंक यस्ता उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आतुर रहेका बताए ।

मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमानै बैंकले थप शाखा संचालन गर्ने योजना अगाडी सारेको कुरा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले बताए ।

बैंकको ६८ वटा शाखा, ६५ वटा एटीएम काउन्टर र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको छ ।

Publish on: