एशियन लाइफले जुम्ला उपशाखालाई शाखामा स्तरोन्नती गर्यो « Eglish Khabarhub

एशियन लाइफले जुम्ला उपशाखालाई शाखामा स्तरोन्नती गर्यो



काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्वेश्यले जुम्ला जिल्लाको जुम्लामा अवस्थित उपशाखालाई स्तरोन्नती गरी यस कम्पनीको २६ औं शाखाको रुपमा “जुम्ला शाखा कार्यालय” संचालनमा ल्याएको छ ।

यस कम्पनीले २६ वटा शाखा र ६९ वटा उपशाखाहरु गरी जम्मा ९५ वटा शाखा तथा उपशाखा मार्फत सेवाग्राहीहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाब्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै लैजाने यस कम्पनीको लक्ष्य रहेको छ ।

कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, बाल भविष्य, बाल उमंग, सुखी जीवन, एशियन पेन्सन, जीवन रत्न, दम्पत्ती सुरक्षा, धन समृद्धि, सामुहिक सावधिक जीवन बीमा योजना, सरल सुरक्षा म्यादि जीवन बीमा योजना, जन कल्याण म्यादि जीवन बीमा योजना लगायत १७ वटा बीमा योजनाहरु प्रचलनमा ल्याएको छ ।

 

Publish on: