नेता महराद्वारा सभामुखको उम्मेद्वारी दर्ता « Eglish Khabarhub

नेता महराद्वारा सभामुखको उम्मेद्वारी दर्ता



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

केहीबेरअघि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपस्थित भएर उनले सभामुखको उम्मेदवारी दर्ता गराएका हुन्।

उनको उम्मेदवारीलाई नेकपा(एमाले)का नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले  प्रस्ताव गरेका छन भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गरेका छन ।

उम्मेदवारीको दर्तालगतै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता महराले संविधान कार्यान्वयन र नयाँ कानून निर्माणका लागि आफू प्र्रतिबद्ध भएर लाग्ने बताए।

Publish on: