काठमाडौं । कुबेर मर्चेन्ट एण्ड फाइनान्सको नाम परिवर्तन भएको छ ।
रेमिटेन्स व्यवसायमा रहेको सिटी एक्सप्रेसले कुबेर मर्चेन्टको स्वामित्व लिएपछि यसको नाम परिवर्तन गरेर सिटी एक्सप्रेस फाइनान्स भएको छ ।
आजदेखि सिटी एक्सप्रेस फाइनान्सको नाममा कारोबार सुरु हुने छ ।
विगतमा संस्थागत शुसासन नभएपछि कुबेर मर्चेन्ट समस्याग्रस्त घोषणा भएको थियो । यसलाई सिटी एक्सप्रेसले लिएको हो । स्टकमा अब सिइएफको नाममा यसको सेयर कारोबार हुने छ ।
SHARE YOUR THOUGHTS