एनबीआईको डिजिटिजाइजेशन कन्फेरेन्स सम्पन्न « Eglish Khabarhub

एनबीआईको डिजिटिजाइजेशन कन्फेरेन्स सम्पन्न



काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) ले शुक्रबार काठमाडौंमा डिजिटिजाइजेशन कन्फेरेन्स सम्पन्न गरेको छ ।

सो सम्मेलनको उद्घाटन एनबीआईका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला, आईसीआईसीआई बैंक, इन्डियाका पुर्व डिजिटल चैनल विशेषज्ञ राहुल जोशि र आरबीएल बैंक, इन्डियाका हेड क्यास म्योनेजमेन्ट प्रडक्टका राजेश लोहरीले संयुक्त रुपमा गरेका थिए ।

सभालाई संबोधन गर्दै एनबीआईका अध्यक्ष निरौलाले सुचना प्रबिधिले मारेको फड्को र नयाँ प्रबिधिले ल्याएको चुनौतिलाई आत्मसात गर्नुपर्ने पर्ने बताएका छन् । डिजिटिजाइजेशन जस्तो प्रबिधिले विद्युतीय वित्तिय प्रणालीद्धारा बैंकिङ सेवाको पहुँच नपुगेको ठूलो जनसंख्यालाई लाभ पुर्याउन सक्ने उनले बताए । साथै, उनले राष्ट्र बैंकले विद्युत्तिय वित्तिय सेवाको प्रयोगलाई विस्तार गर्न अनुकुल वातावरण निर्माण गर्दै गएको बताएका छन् ।

एनबीआईको प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बाले डिजिटिजाइजेशन बैंकिङ्ग क्षेत्रको नयाँ शब्दावली भै सकेको र आउँदा दिनमा बैंकिङ्गले यसलाई अंगिकार गर्नु पर्ने अपरिहार्य बाध्यता हुँदै गएको बताए । साथै टेलिकम, इन्सुरेन्स आदी विभिन्न संँघ संस्थाहरुले डिजिटल प्रबिधिलाई अपनाइ रणानितिक एवम दुर्गामी सोच लिनुपर्ने बताएका छन् ।

इन्डियाका आईसीआईसीआई बैंकका पुर्व डिजिटल चैनलका विशेषज्ञ राहुल जोशिले अबको बैंकिङ युग भनेको डिजिटाइजेसनमा हुने हुँदा नेपालको वित्तीय क्षेत्रले त्यसमा विस्तार गर्न सल्लाह दिएका छन् ।

साथै, इन्डियाकै आरबीएल बैंकका हेड क्यास म्यानेजमेन्ट प्रडक्टका राजेश लोहरीले विद्युतीय वित्तिय प्रणालीबाट नेपाल जस्तो देशलाई फाइदा हुने र सो सम्बन्धि सरोकारवालाले ध्यान पुर्याउने जोड दिए । कोटक महिन्द्रा बैंकका प्रमुख डिजिटल अधिकारी दीपकशर्माले आफ्नो प्रस्तुतिमा डिजिटाइजेसन प्रविधि अपनाउन डिजिटल फ्रेमवर्क प्रविधिमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा आयोजित प्याने डिस्कसनमा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका निर्देशक रेवतिप्रसाद नेपाल, स्टयान्डर चाटर्ड बैंकका चिफ इन्फरमेसन अफिसर सुजित श्रेष्ठ साथै भारतबाट आएका विज्ञहरुले अहिलेको बदलिदो परिस्थितिमा डिजिटाइजेसन जस्तो प्रविधीको चुनौति र अवसर बारे थप जानकारी दिएका छन् ।

सम्मेलनमा १ सय ५० भन्दा बढी बैंक तथा वित्तिय संस्थाको कर्मचारीहरु सहभागी भएका थिए ।

Publish on: