काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईले सरकारलाई नयाँ कार्यक्रम घोषणा गर्नभन्दा पहिला घोषणा गरिएका कार्यक्रम कार्यान्वयन गर्न सुझाव दिएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । सेजनले नवनियुक्त उर्जामन्त्री बर्षमान पुनसहित उर्जा क्षेत्रका सरोकारवालासँग छलफल गरेको हो ।
‘उर्जामन्त्रीज्यू नयाँ कार्यक्रम घोषणा गरिरहनु भएको छ, हामीलाई पहिला घोषणा गरिएका कार्यक्रम नै काफी छन्, पहिला घोषणा गरिएका कार्यक्रम कायान्वयन गरिदिए नै पुग्ने अबस्थामा नयाँ कार्यक्रम घोषणा गरिरहनु पर्दैन,’ अध्यक्ष गुरागाईले भने ।
उर्जामन्त्री पुनले केही दिन अगाडि अबको १० बर्षमा २० हजार मेगावाट जलविद्युत उत्पादन गर्ने, पेट्रोलियम आयात घटाउन उर्जाको प्रयोग हुने सवारीलाई प्रोत्साहन गर्ने, जलविद्युतको सेयर हुनेलाई छानीछानी ज्वाइ बनाउन खोज्ने अवस्था सिर्जना गर्ने जस्ता कार्यक्रम घोषणा गरेका थिए ।
SHARE YOUR THOUGHTS