भिआरएम प्रविधि जडान गरी जगदम्बा सिमेन्टद्धारा उत्पादन सुरु « Eglish Khabarhub

भिआरएम प्रविधि जडान गरी जगदम्बा सिमेन्टद्धारा उत्पादन सुरु



जगदम्बा सिमेन्ट उद्योगले ग्राहक तथा उपभोक्ताको मागलाई मध्यनजर गर्दे आफ्नो उत्पादनलाई अझ विस्तार गरेको छ ।

विश्वस्तरीय प्रविधि जडान गरी उत्पादनलाई थप गुणस्तरिय बनाउने उद्धेश्यले जगदम्बा सिमेन्टले विश्वकै उत्कृष्ट यूरोपियन कम्पनी एल स्मिथको अत्याधुनिक प्रविधि भर्टिकल रोल्स मिल्स जडान गरेर उत्पादन सुचारु गरेको हो ।

हालको उत्पादन ४५ हजार बोरा प्रति दिन रहेकोमा भिआरएम प्रविधि जडान पश्चात कम्पनीको उत्पादन करिव करिव दोब्बरको हाराहारीमा पुग्ने कम्पनीले जनाएको छ ।

भिआरएम प्रविधि पश्चात कम्पनीको उत्पादन ८० हजार  बोरा प्रतिदिन उत्पादन हुनेछ भने यही प्रविधि जडान गरी कम्पनीले आफ्नो तेस्रो उद्योग नेपाल जगदम्बा सिमेन्ट ईप्रालि बाट पनि चाडै नै उत्पादन शुरु गर्ने जनाएको छ ।

तेस्रो उद्योग संचालन पश्चात कम्पनीको उत्पादन प्रति १ लाख १० हजार बोरा रहने कम्पनीले जनाएको छ । एकातर्फ देशको बढ्दो सिमेन्टको मागलाई सम्बोधन गर्दे सिमेन्ट उद्योगलाई नै आत्मनिर्भर हुन टेवा दिइरहेको छ भने अर्कोतर्फ ग्राहक तथा उपभोक्ताको गुणस्तर प्रतिको चाहनालाई आत्मसाथ गर्दे उपलब्धताको सुनिश्चितता प्रदान गरेको छ ।

यसरी नै भावी दिनहरुमा आफ्ना सम्पूर्ण उद्योगलाई प्रविधी मैत्री बनाउदै उपभोक्ताको सेवामा सदा समर्पित रहने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

Publish on: