जनता बैंकले २ दिनमा ८ शाखा खोल्यो « Eglish Khabarhub

जनता बैंकले २ दिनमा ८ शाखा खोल्यो




काठमाडौं । जनता बैंकले २ दिनमा ८ वटा शाखा खोलेको छ । बैंकले पाल्पा, कैलाली, स्याङ्जा, काठमाडौं, ललितपुर, रुपन्देही, नवलपरासी र बर्दियामा शाखा खोलेको हो ।

बैंकले रामपुर नगरपालिका ५ पाल्पा, टिकापुर नगरपालिका १ कैलाली र वालिङ नगरपालिका १ स्याङ्जामा चैत १५ गतेदेखि संचालनमा ल्याएको हो । यस्तै काठमाडौं महाराजगंज, ललितपुर ग्वार्को, रुपन्देही तिलोतमा नगरपालिका १, नवलपरासी बिनयीत्रिवेण गाउँपालिकाका १ र बर्दिया ठकुरीबाबा नगरपालिका १ मा चैत १६ गतेदेखि संचालनमा ल्याएको हो ।

बैंकको ५३ अर्ब २४ करोड रुपैयाँ निक्षेप र ४९ अर्ब ८२ करोड रुपैयाँ कर्जा कारोवार रहेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख रुपैयाँ छ ।

बैंकले १०६ शाखा, ३३ शाखा रहित बैंकिङ, २ सीमित बैंकिङ ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटीएमबाट सेवा प्रदान गरिरहेको छ ।

Publish on: