इन्भेष्टर फोरमका अध्यक्ष भन्छन्- अर्थमन्त्रीले सेयर बजारको वास्तविकता बुझ्नुभयो « Eglish Khabarhub

इन्भेष्टर फोरमका अध्यक्ष भन्छन्- अर्थमन्त्रीले सेयर बजारको वास्तविकता बुझ्नुभयो



काठमाडौं । नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलले अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारका विद्यमान समस्यारालाई राम्रोसँग बुझेको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार संसदमा श्वेतपत्र प्रस्तुत गर्दै मन्त्री खतिवडाले सेयर बजार भरोसायोग्य नभएको र सतही भएको उल्लेख गरेका थिए ।

‘हामीले विगतदेखि नै नेपालको सेयर बजार सतही भयो, सबैलाई समेट्न सकेन, अब सबैलाई समेट्नुपर्छ भनेर माग गरिरहेका थियौं,’ अध्यक्ष पौडेलले क्लिकमाण्डूसँग भने, ‘अर्थमन्त्रीज्यूले हामीले उठाउँदै आएका मागहरुलाई श्वेतपत्र समस्याका रुपमा राख्नुभएको छ । जुन स्वागतयोग्य छ ।’

यसरी सरकारले समस्याको पहिचान गरेपछि आगामी दिनमा नीति तथा कार्यक्रममा राखेर बजेटमार्फत् समस्या समाधान गर्ने काम हुन्छ भन्नेमा आफूहरु विश्वस्त रहेको उनले सुनाए ।

‘श्वेतपत्रमा सेयर बजारको समस्याको राम्रोसँग पहिचान गरिएको छ, आगामी दिनमा सरकारले यी समस्या समाधानका लागि नीति अबलम्बन गर्नेछ भन्नेमा हामी विश्वस्त छौं,’ पौडेलले भने ।

Publish on: