काठमाडौं । नाडा अटोमोबाइएल्स एशोसियशन अफ नेपालको अध्यक्षमा शम्भु दाहाल निर्वाचित भएका छन् । दाहालले अध्यक्षका प्रतिस्पर्धी राम कँडेललाई ५ सय ९२ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
पराजित कँडेलले ६८ मत प्राप्त गर्दा विजयी दाहालले ६ सय १० मत ल्याउन सफल भएका छन् ।
यसअघि नाडाको उपाध्यक्ष रहेका दाहाल सिप्रदी ट्रेडिङ प्रालिका निर्देश हुन् ।
नाडाको सदस्यहरुमा दाहाल प्यानलले नै जित हासिल गरेको छ ।
नाडाको सदस्यहरुमा मिलनबाबु मल्ल, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, करणकुमार चौधरी, अभिक ज्योती, विक्रम सिंघानिया, नन्दकिशोर शाही, पंकज अग्रवाल, निलमणि पाठक, प्रकाश कपुरी, सुरज भट्टराई, दीपक अग्रवाल, र कृष्णप्रसाद दुलाल चुनिएका छन् ।
SHARE YOUR THOUGHTS