काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.६० अंकले बढेको छ । नेप्से ०.२० प्रतिशतले बढ्दा १२८०.१५ विन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार आज १ सय ५९ कम्पनीका ६ लाख ५५ हजार ३ सय १४ कित्ता सेयर खरिद बिक्री भएको छ । नेप्सेमा ३० करोड ३१ लाख २८ हजार २ सय ७७ रुपैयाँको कारोबार भएको छ ।
होटल समूह २२.४१, विकाश बैंक समूह १.३६, माइक्रोफाइनान्स समूह ११.७४, बीमा समूह ८३.८४, र अन्य समूह ५.२९ अंकले बढेका छन् ।
बैंकिङ समह २.२५, वित्तीय समूह २.५४, जलविद्युत समूह ८.३३ र उत्पादनमूलक समूह ३.६७ अंकले घटेका छन् ।
कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.७८ प्रतिशतले कमाइ गरेका छन् ।
नेपाल लाइफ इन्सुरेनसका लगानीकर्ताले ९.९८ प्रतिशतले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS