काठमाडौं । हिमालयन बैंक र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी)बिच लगानी सम्झौता भएको छ । दुई वित्तीय संस्थाबिच गत चैत २८ गते महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायमा लगानी गर्ने सम्झौता भएको हो ।
हिमालयन बैंकका कार्यकारी प्रमुख अशोक शम्शेर राणा र आइएफसिका आवाशिय प्रतिनिधि एम रेहान रशिदले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार आइ एफसीले हिमालयन बैंकलाई आवश्यक कोष कर्जा स्वरुप उपलब्ध गराउने छ ।
महिला उद्यमीहरुको साना तथा मझौला व्यापार स्थापना, संचालन र प्रवद्र्धन गर्नु उक्त सम्झौताको मुख्य उदेश्य हो । बैंक प्राप्त गरेको सो रकम नेपाली महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने प्रयोग गर्नेछ ।
SHARE YOUR THOUGHTS