काठमाडौं । जनता बैंक बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ । सोमबारदेखि बैंकले कोहलपुरको शाखा संचालनमा ल्याएको हो ।
कोहलपुर नगरपालिका वडा नं. ११ मा बैंकले शाखा स्थापना गरेको हो । बाँके जिल्लामा बैंकको यो दोस्रो शाखा हो । यस शाखाबाट पनि अन्य शाखाहरुमा झै आधुनिक बैंकिङ सेवाका साथै रेमिटेन्स सेवा र ब्यांकासुरेन्स सेवापनिलिन सकिने छ ।
कोहलपुर नगरपालिका क्षेत्रमाबासोवास गर्ने जनताहरुलाई सहज बैंकिङ सेवा पुर्याउने पहल स्वरुप स्थापना गरिएको यस शाखाबाट नेपालगंज शाखाका ग्राहकहरुका साथै पूर्व पश्चिम राजमार्गमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।
बैंकले १०८ शाखा, ३३ शाखा रहित बैंकिङ, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटीएमबाट सेवा प्रदान गरिरहेको छ ।
SHARE YOUR THOUGHTS