काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सिन्डिकेट तोड्ने सरकारी निर्णय ठिक भएको बताएका छन् ।
माइक्रोब्लगिङ साइट ट्वीटरमा ट्वीट गर्दै कांग्रेस नेता थापाले भने,‘सार्वजनिक यातायातको सिन्डिकेट तोड्ने सरकारको प्रयास स्वागतयोग्य छ।’
उनले यसलाई सार्थक निष्कर्षमा पुऱ्याउन निजी क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण,ग्रामीण भेगमा सार्वजनिक यातायातको सुनिश्चितता एवं दुर्घटना हुँदा क्षतिपूर्तिजस्ता विषयलाई पनि तत्काल मापदण्ड बनाएर व्यवस्थित गर्न सुझाव दिए ।
SHARE YOUR THOUGHTS