नेप्सेले कटायो हाफ सेन्चुरी « Eglish Khabarhub

नेप्सेले कटायो हाफ सेन्चुरी




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ५०.१८ अंकले बढेको छ । नेप्से ३.६१ प्रतिशतले वृद्धि हुँदा १४३८.४९ अंकमा अडेको हो ।

नेप्सेका अनुसार आइतबार १ सय ६७ कम्पनीका २८ लाख ८९ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । १ अर्ब २३ करोड ५ लाख रुपैयाँको भन्दा धेरैको कारोबार भएको छ ।

आज नेप्सेका सबै उपसमूहहरु दोहोरो अंकले बढेका छन् । बैंकिङ समूह ३९.३१, होटल समूह ६५.२, विकास बैंक समूह ६१.६६, जलविद्युत समूह ८९.८८, वित्तीय समूह २३.१४, बीमा समूह ३५२.९९, उत्पादन मूलक समूह ४०.३८, अन्य समूह १२.५७, माइक्रोफाइनान्स समूह १००.२३ अंकले बढेका छन् ।

अरुण काबेली पावर, एनएमबि माइक्रोफाइनान्स, राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनी प्रमोटर सेयरका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

रिणी हाइड्रोपावर डेपलपमेन्ट कम्पनी र ङादी ग्रुप पावरका लगानीकर्ताले ३ प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।

Publish on: