प्रभु बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग « Eglish Khabarhub

प्रभु बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग




काठमाडौं । प्रभु बैंकले बनेपाको श्री चण्डेश्वरी उच्च माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर प्रदान गरेको छ ।

बैंक प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठ मार्पmत् ५ थान कम्प्युटरहरु विद्यालायलाई हस्तान्तरण गरेका हुन् ।

सो कम्प्युटर हस्तान्तरण पश्चात् विद्यालयलाई कम्प्युटर प्रणाली मार्पmत् दैनिक प्रशासनिक क्रियाकलापमा सहयोग पुग्नुका साथै विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थीहरु तथा समग्र विद्यालय परिवारलाई सुचना तथा प्रविधिसँग साक्षात्कार गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

Publish on: