बैंकिङ

प्राइम कमर्सियल बैंकले खोल्यो एकैपटक ४ शाखा



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले स्याङ्जाको फेदीखोला गाँउपालिका, नवलपरासीको सरावल गाँउपालिका, रुपन्देहीको मायादेवी गाँउपालिका र कपिलवस्तुको शुद्धोधन गाँउपालिकामा शाखा खोलेको छ ।

योसँगै बैंकको शाखा संख्या ६० पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बीच बैंकका महाप्रबन्धक संजीव मानन्धरले शाखा कार्यालय फेदीखोला तथा बैंकका नायब महाप्रबन्धक भाइराजा तुलाधरले शाखा कार्यालय सरावल, शाखा कार्यालय मायादेवी र शाखा कार्यालय शुद्धोधनको उद्घाटन गरे ।