तुलसीराम गौतमले सेञ्चुरी बैंकमा काम गर्न थाले « Eglish Khabarhub

तुलसीराम गौतमले सेञ्चुरी बैंकमा काम गर्न थाले



काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) तुलसीराम गौतमले पदभार सम्हालेका छन् ।

पुतलीसडकस्थित बैंकका प्रधान कार्यालय पुगेर गौतमले बुधबारदेखि सीइओको रुपमा काम शुरु गरेका हुन् ।

प्रमुख कार्यकारी अधिृकत अजुजमणि तिमल्सीनाले राजिनामा दिएपछि विगत ७ महिनादेखि सेञ्चुरी बैंकमा सीइओको पद रिक्त थियो । यसबीचमा बैंकर अनिल केशरी शाहले सेञ्चुरीको सीइओको नियुक्ति लिएका थिए । तर, उनी काम नथाल्दै नविल बैंकमा नियुक्ति लिएर गएका थिए ।

यसरी सीइओ पद रिक्त भएपछि विगत ७ महिनादेखि डेपुटी सीइओ जीबन भट्टराईले कायम कामू सीइओको रुपमा काम गरिरहेका थिए ।

करिब ३० वर्षअघि नेपाल बैंकबाट बैंकिङ्ग करियर शुरु गरेका गौतमले यसअघि माछापुच्छ्रे बैंकको सीइओ थिए । माछापुच्छ्रे छाडेर खाली बसेका गौतम बुधबारदेखि सेञ्चुरी बैंकको आगामी ४ वर्षे कार्यकालका लागि सीइओको रुपमा काम थालेका हुन् ।

Publish on: