काठमाडौं । लक्ष्मी इन्टरनेशनल नेपालको लागि ह्युण्डाईको आधिकारिक विक्रेताले नयाँ योजना ‘रोड टु रसिया’को घोषणा गरेको छ । विश्वकै सबैभन्दा प्रख्यात र लोकप्रिय फुटबल प्रतियोगिता फिफा वल्र्ड कपलाई लक्षित गरेर ह्युण्डाईले आफ्ना समस्त ह्युण्डाई ओनरहरुको लागि योजना शुरु गरकोे हो ।
समस्त ह्युण्डाई कार भएकाहरुले ह्युण्डाई नेपालको आधिकारिक वेभसाइडमा उपलब्ध अनलाइन दर्ता फारम भरेर योजनामा सहभागी हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।
यस योजना अन्तर्गत दुई जना भाग्यशाली ह्युण्डाई ओनरले रसिया जाने सम्पूर्ण भ्रमण प्याकेजको साथ फिफा वल्र्ड कप २०१८ को फाइनल म्याचको टिकेट जित्ने मौका हात पार्नेछन् । यस योजनामा अनलाइन दर्ता समावेश छ र दर्ता यही वैशाख २४ गतेदेखि सुरु भएर असार १ गते समाप्त हुनेछ ।
SHARE YOUR THOUGHTS