सामुदायिक लघुवित्तका सीइओलाई राष्ट्र बैंकले ५ लाख जरिवाना तिराउने « Eglish Khabarhub

सामुदायिक लघुवित्तका सीइओलाई राष्ट्र बैंकले ५ लाख जरिवाना तिराउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सामुदायिक लघुवित्त वित्तीय संस्था काभ्रेपलाञ्चोकका तत्कालिन प्रमुख कार्यकारी अधिकृतलाई स्वयम्भुराम जोशीलाई कारबाही गरेको छ। बैंकले जोशीलाई नगद पाँच लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो।

गत २०७४ पुष ९ बैंकको संचालक समितिको बैठकको निर्णय अनुसार जोशीलाई राष्ट्रि बैंक २०५८ (दोस्रो संशोधन, २०७३ सहित) तफा (२) (ग) भएको व्यवस्था बमोजिम ५ लाख रुपैयाँ जरिवाना गरेको हो ।

राष्ट्र बैंकको निर्देशन पालना नगरेको, निर्देशन कार्यान्वयन गर्न वाधा पुर्याएको, संस्थाको निर्णयसमेत कार्यान्वयन नगरेको, संस्थाले असुलउपर गर्नु पर्ने रकम फिर्ता गर्न सञ्चालक समितिले दिएको निर्देशन पनि पालना नगरेको आरोपमा उनलाई कारवाही गरिएको हो।

जोशीले नियामक निकायको निर्देशन पालना गर्नुको साटो सञ्चालक समितिलाई अनभिज्ञतामा राख्दै सुपरिवेक्षणमा खटिएका कर्मचारीलाई समेत ब्यक्तिगत स्तरमा आक्षेप लगाएका थिए। यसैका आधारमा उनलाई राष्ट्र बैंकले पाँच लाख जरिवाना तिराउन नपर्ने कारण सोधेको थियो। उनले चित्त बुझ्दो उत्तर नदिएपछि कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ।

Publish on: