ऊर्जामन्त्रीको घोषणाः सेवा नपुगेका क्षेत्रमा पाँच वर्षभित्र विजुलीको पहुँच « Eglish Khabarhub

ऊर्जामन्त्रीको घोषणाः सेवा नपुगेका क्षेत्रमा पाँच वर्षभित्र विजुलीको पहुँच



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी पाँच वर्षमा हरेक नेपालीको घरमा विद्युतुसेवा पु¥याइने प्रतिबद्धता जनाएका छन् । हालसम्म ७५ प्रतिशत नागरिकको पहुँचमा मात्र विद्युत् सेवा पुगेको र २५ प्रतिशत नागरिक अँध्यारोमा बस्न बाध्य भएकाले सरकार सबैको पहुँचमा विद्युत पु¥याइने उल्लेख गरे ।

‘३५ प्रतिशत जनता विद्युत सेवा पाउनबाट बञ्चित छन्,’ ‘सामुदायिक विद्युत् उपभोक्ता महासंघ नेपालको पाँचौँं राष्ट्रिय महाधिवेशनलाई शुक्रबार ललितपुरमा उद्घघाटन गदै मन्त्री पुनले भने, ‘अबको पाँच वर्षमा सबै नेपालीका घरमा उज्यालो पु¥याउने गरी सरकारले काम गरिरहेको छ ।’

आर्थिक समृद्धिको राष्ट्रिय अभियानमा विद्युत क्षेत्रको उल्लेख्य योगदान रहने चर्चा गर्दै मन्त्री पुनले त्यसका लागि विद्युत खपत बढाउने नीति अख्तियार गरिएको बताए ।

उनले सरकार आगामी तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार र दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गरी विदेश निर्यात गर्ने नीति तय गरेको जानकारी दिए ।

आफ्नो मन्त्रालयले केही दिनअघि जारी गरेको श्वेतपत्रमा ऊर्जा उत्पादनमा जोड गर्नुका साथै प्रसारण लाइन निर्माण तथा अन्य नीतिगत विषयमा स्पष्ट पारेको जानकारी समेत दिए ।

सस्तो लोकप्रियताका लागि नभइ नीतिगत स्थिरतासहितको विकासका लागि स्वेतपत्रमा उल्लेख गरिएका विषय कार्यान्यवन गराएरै छाड्ने उहाको प्रतिबद्धता जनाए ।

Publish on: