काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउने र त्यसका लागि लगानीयोग्य रकम उपलब्ध गराउने लक्ष्यका साथ स्थापना भएको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड बैंक तथा वित्तीय संस्थामा पैसा राखेर नाफा कमाउने काममा मात्रै संललग्न रहेको पाइएको छ ।
कम्पनीले हालसम्म प्रभावकारी रुपमा लगानी गर्न नसकेको र प्रवद्र्धकलाई साथमा लिएर जान नसकेको पाइएको हो ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणलाई हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा मात्रै रकम राख्ने र त्यसबाट व्याज उठाएर खाने बानी परेको जस्तो देखिएको छ ।
कम्पनीले प्रभावकारी रुपमा कुनै पनि आयोजनामा लगानी गरेको छैन । कम्पनीले चालु आर्थिक वर्षमा साढे ६२ करोड रुपैयाँनाफा गरेको छ ।
सरकारी स्वामित्वको सो कम्पनीले निरन्तर नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेर बसेको छ । कम्पनीले गत चैतसम्म ६२ करोड ५५ लाख रुपैयाँ नाफा गरेको हो ।
गत आवको सोही अवधिमा कम्पनीले ४१ करोड ६६ लाख रुपैयाँ नाफा गरेको थियो । निक्षेप र कर्जाको ब्याजदर बढेपछि कम्पनीको नाफामा बढेत्तरी भएको कम्पनीले दावी गरेको छ ।
यस्तै लगानीबाट ७ करोड ९० लाख रुपैयाँ ब्याज आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३४ पैसा पुगेको दावी गरेको छ ।
SHARE YOUR THOUGHTS