प्रभु बैंकले एकैदिन ४ शाखा खोल्यो « Eglish Khabarhub

प्रभु बैंकले एकैदिन ४ शाखा खोल्यो



काठमाडौं । प्रभु बैंकले ४ वटा शाखा सञ्चालनमा ल्याएको छ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीयतहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले बाग्लुङ जिल्लामा २ र दैलेख जिल्लामा २ गरी ४ वटा शाखा कार्यालय आजदेखि सञ्चालनमा ल्याएको हो ।

बैंकको बाग्लुङको निसीखोलाशाखा, तमानखोलाशाखा, दैलेखको भगवतीमाई शाखा र गुराँस शाखाको उद्घाटन सम्वन्धित गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल, जोकलाल बुढा, दानबहादुर थापा र खेम राज ओलीले गरेका हुन् ।

आजदेखि सञ्चालनमा आएका बैंकका निसीखोला शाखा, तमानखोला शाखा, भगवती माई शाखा र गँुरास शाखा कार्यालयहरुबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उधमी, व्यवसायीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वित हुने र चारैवटागाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकले अपेक्षा गरेको छ ।

कार्यक्रममा सम्बन्धित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधी, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाकाप्रतिनिधिहरु, स्थानीयव्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Publish on: