काठमाडौ । नेपाल चेम्बर अफ कमर्शको कार्य समिति अन्तगर्त कृषि समितिको सभापति कृष्णमान श्रेष्ठको अध्यक्षतामा १९ सदस्यी नयाँ कार्य समिति चयन गरिएको छ ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले यही बैशाख २६ गते कृषि समितिको सभापति कृष्णमान श्रेष्ठको अध्यक्षतामा १९ सदस्यी नयाँ कार्य समिति चयन गरेका हुन् ।
कृषि समितिको सहसभापतिमा गोविन्द प्रसाद घिमिरे, डेरी उद्योग संघबाट अरनिको राजभण्डारी, राष्ट्रिय कृषक समूह महासंघबाट उद्धव अधिकारी र कृषि मेशनरी यान्त्रिकीकरणबाट उमेश मान्नधर रहेका छन् ।
सदस्यहरुमा नेपाल कृषि पत्रकार प्रतिष्ठानका सचिव एव किसान टेलिभजनबाट पवन श्रेष्ठ, कृषि र प्रविधिबाट सुनिता नेम्हाफुकी, सोलम एग्रिकल्चरबाट श्रीकृष्ण अधिकारी, बल्खु तरकारी बजारबाट रामकृष्ण कुवँर मोहन बस्नेत, बाँस्कोटा ग्रुपबाट शान्ता बाँस्कोटा, पोल्टीबाट बाबुराजा रावल, सुरेश भक्त श्रेष्ठ, दुर्गा दाहाल, इन्द्रलाल सिंह, गोविन्द थपलिया, प्रेम लामा, भरत खतिवडा, संगम शेर्पा रहेका छन् ।
चेम्बर भवन कान्तिपथमा आयोजित समारोहका बीच कृषि समितिका सभापति कृष्णमान श्रेष्ठले मनोनित गरिएका ४ सह सभापति सहित सदस्यहरुलाई मनोनित पत्र र खादा लगाएर स्वागत गरेका हुन् ।