काठमाडौं । सिटिजन्स बैंकले एकै पटक ६ वटा स्थानमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापती, काभे्रको तिमाल, सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहित ६ वटा शाखाहरु संचालनमा ल्याएको जानकारी दिए ।
बैंकले चालु आर्थिक बर्षमा पाल्पाको छहरा, नवलपरासीको भुमही, मकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरहिहुम्लाको सर्केगाड, कास्कीको सिमलचौर र दाङको बंगलाचुली शाखाहरु संचालनमा ल्याइसकेको छ ।
मुलुक संघीय प्रणालीमा गएसँगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका लागि निकट भविष्यमा नै बैंकले प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा, अछामको ढकारी, कैलालीको मोहन्याल, काठमाडौँको टोखा र थानकोटमा शाखा संचालन गर्ने योजना अगाडी सारेको बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले जानकारी गराए ।
बैंकले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ६९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग एकाइहरुबाट करिव ३ लाख ३५ हजार ग्राहकलाइ सेवा प्रदान गर्दै आएको छ ।