काठमाडौं । काठमाडौ उपत्यकामा विद्युत् आयात गर्ने महत्वपूर्ण प्रसारण लाइन स्युचाटार-मर्स्याङ्दी १३२ केभी प्रसारण लाइनको जम्पर टुटेको छ ।
जम्पर टुटदा मस्र्याङदी करिडोरबाट काठमाडौँ आयात हुने सम्पूर्ण विद्युत् प्रसारण बन्द भएको छ ।
जम्पर टुट्न गएका कारण मस्र्याङदी करिडोरबाट काठमाडौ आउने करिब १०० मेगावाट बिद्युत प्रवाह बन्द हुनपुगेको छ ।
यस्तै भरतपुरतर्फ मात्र करिब १०० मेगावाट बिद्युत प्रसारण भएकाले मस्र्याङ करिडोरका अधिकाशं आयोजनामा पानी खेर फाल्नु परेको छ ।
काठमाडौँको विद्युत् आपूर्तिका लागि कुलेखानी पहिलो र दोस्रो सञ्चालनमा ल्याइएको छ । ती आयोजनाबाट ९२ मेगावाट विद्युत् मात्रै उत्पादन हुन्छ ।
ग्रिड महाशाखाबाट उक्त जम्पर जोड्नकालागी प्राबिधिक टिम स्युचाटार पठाइसकेको हुँदा करिब एक घन्टाभित्र समस्या समाधान भैसक्ने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।
SHARE YOUR THOUGHTS