काठमाडौं । कर्जाको तुलनामा निक्षेप बढ्न नसक्दा बैंकहरुलाई कर्जा र निक्षेपबीचको सन्तुलन मिलाउन हम्मेहम्मे परेको छ । जसकारण बैंकिङ प्रणालीमा तरलता अभावको समस्या यथावत रहेको छ ।
पछिल्लो एक सातामा सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरुले १० अर्ब रुपैयाँले कर्जा बढाएका छन् भने ७ अर्ब रुपैयाँले मात्रै निक्षेप बढाएका छन् ।
राष्ट्र बैंकका अनुसार बैशाख २८ गतेसम्ममा वाणिज्य बैंकहरुले २२ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० खर्ब २३ अर्ब रुपैयाँ ऋण दिएका छन् । बैशाख २१ गते बैंकहरुले २२ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० खर्ब १३ अर्ब रुपैयाँ ऋण दिएका थिए ।
बैशाख महिनाको पहिलो दुई हप्ता बैंकहरुले कर्जाको तुलनामा निक्षेप धेरैले बढाएका छन् । तर, पछिल्ला दुई हप्ता कर्जाभन्दा निक्षेप कमले मात्रै बढेको छ ।
बैशाख ७ गते बैंकहरुको कूल निक्षेप २२ खर्ब ६३ अर्ब रुपैयाँ थियो भने कूल कर्जा २० खर्ब ३० अर्ब रुपैयाँ थियो । बैशाख १४ गते निक्षेप बढेर २२ खर्ब ७२ अर्ब पुग्यो भने कर्जा २० खर्ब ७ अर्ब रुपैयाँ पुगेको थियो ।
SHARE YOUR THOUGHTS