अब ब्रोकरबाटै सेयर किन्न ऋण पाइने, ब्रोकरले कति ऋण दिन सक्छन् ? « Eglish Khabarhub

अब ब्रोकरबाटै सेयर किन्न ऋण पाइने, ब्रोकरले कति ऋण दिन सक्छन् ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ । बोर्डको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तयार पारेको उक्त कार्यविधि स्वीकृत गरेको हो ।

बोर्डको स्वीकृतिसँग अब लगानीकर्ताहरुले सेयर ब्रोकरको कार्यालयबाटै सेयर किन्न ऋण पाउने भएका छन् ।

बोर्डले गत कात्तिक २१ गते ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०७४’ जारी गरेको थियो ।

जसमा एउटा ब्रोकरले आफ्नो खुद सम्पत्तिको २ गुणा अर्थात १० करोड रुपैयाँसम्म मार्जिन ल्याण्डिङ्ग सुविधा ९सेयर धितो कर्जा० उपलब्ध गराउन सक्ने व्यवस्था छ ।

हाल ५० वटा स्टक ब्रोकर कम्पनीहरु सक्रिय छन् । जसअनुसार कार्यविधि पारित भएपछि प्रत्येक ब्रोकरले १० करोड रुपैयाँका दरले कुल ५ अर्ब रुपैयाँसम्मको सेयर धितो कारोबार गर्न पाउनेछन् ।

अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुरुप लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउन तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले बोर्डले मार्जिन कारोबारको व्यवस्था मिलाएको हो ।

वोर्डको निर्देशन बमोजिम नेप्सेले छिट्टै उक्त कार्यविधि कार्यान्वयमा ल्याउने र सो वाट धितोपत्रको दोस्रो बजारमा नयाँ अध्याय थपिने बोर्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

दक्षिण एसियाका कतिपय मुलुकहरुमासमेत कार्यान्वयनमा आइनसकेको यो सुविधावाट दोस्रो बजारको तरलतामा अभिबृद्धि हुने, लगानीकर्ताहरुलाई शेयर खरिद विक्री गर्न थप सहज हुने तथा धितोपत्र व्यवसायको दायरा समेत फराकिलो हुनगई धितोपत्र कारोवार बढी गतिशिल हुन मद्दत पुग्ने बोर्डको अपेक्षा रहेको छ ।

Publish on: