काठमाडौं । गरिमा विकास बैंकको गरिमा रेमिट ज्योति विकास बैंकले सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
गरिमा विकास बैंकको तर्फबाट विकास बैंकका नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र ज्योति विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज १वालीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यो सम्झौता पश्चात ज्योति विकास बैंकको हाल रहेका ६० वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन र भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने ब्यबस्था गरिएको बैकका नायब महाप्रबन्धक माधव प्रसाद उपाध्यायले बताए ।
SHARE YOUR THOUGHTS