काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको पहिलो साधारणसभा सम्पन्न भएको छ ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभाबाट संचालक समितिको चयन भएको छ ।
नयाँ संचालक समितिमा डा. आत्माराम घिमिरे, सुभाष अमात्य, रामेश्वर सापकोटा तथा मनिराम पोखरेल चयन भएका छन् ।
साधारण सभाले आब २०६३/०६४ देखि आ.ब.२०७३/०७४ सम्मको संचालक समितिको प्रतिवेदन, वासलात लगायत नाफा नोक्सान हिसाब किताव, आर्थिक वर्ष २०७४/०७५ का लागि लेखा परिक्षक नियुक्ती तथा सर्वसाधारणको लागि साधारण शेयर निष्काशन गर्ने विषयहरु समेत पारित गरेको छ ।
सो साधारण सभा कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेको सभापतित्वमा संचालन भएको थियो ।
SHARE YOUR THOUGHTS