१ पुस २०८२, मंगलबार

अब बैंक तथा वित्तीय संस्थाको कार्यालयभित्र रुख रोप्नै पर्ने (पत्रसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कार्यालयभित्र अनिवार्य रुपमा रुख रोप्नै पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई परिपत्र गर्दै कार्यालयभित्र माटो सुहाउँदो रुख तथा फलफुलको बिरुवा रोप्न निर्देशन दिएको हो ।

वातावरण स्वच्छ बनाउन सरकारले एक ‘राष्ट्र सेवक कर्मचारी, एक रुख’ कार्यक्रमलाई अघि बढाइसकेको उल्लेख गर्दै सरकारको उक्त अभियानलाई सफल पार्न बैंक तथा वित्तीय संस्था हाताभित्र रुख रोप्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

विश्व वातावरण जेठ २२ गते पर्छ । त्यसअघि नै कार्यालय हाताभित्र रुख रोपिसकेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको निर्देशन हेर्न यहाँ क्लिक गर्नुहोस्