काठमाडौं । सेयर कारोबारमा लगाइएको करको नयाँ ब्यवस्था बारे छलफल गर्न राजस्व सचिब शिशिर ढुंगानाले लगानीकर्ताका संघ संस्थाहरुलाई बोलाएका छन् । आन्दोलनरत संघ संस्थाका प्रतिनिधिहरुलाई सचिब ढुंगानाले वार्तामा बोलाएका हुन् ।
सचिब ढुंगानाले बोलाए पछि आन्दोलनरत लगानीकर्ता अहिले वार्ताको लागि अर्थमन्त्रालय गएका छन् ।
मन्त्रालयमा नेपाल इन्भेष्टर फोरम, सेयर लगानीकर्ता संघ र नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधि पदाधिकारीबीच वार्ता भइरहेको छ ।
SHARE YOUR THOUGHTS