मोटोरोलाको मोबाइल किन्दा खल्तीमा २ हजारसम्म नगद फिर्ता पाइने « Eglish Khabarhub

मोटोरोलाको मोबाइल किन्दा खल्तीमा २ हजारसम्म नगद फिर्ता पाइने




काठमाडौं । मोटोरोला नेपाल र खल्तीले नयाँ स्मार्टफोनका ग्राहकहरूबीच नेपालमा डिजिटल भुक्तानी बढाउन रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।

सम्झौता अनुसार खल्तीले चार मोडेलका मोटोरोला स्मार्टफोनहरुमा २ हजार रुपैयाँसम्म खल्तीमा पैसा फिता पाइनेछ ।

यस अभियानको माध्यमद्वारा मोटोरोलाले नेपालमा स्मार्टफोन प्रयोगकर्ताहरुबीच डिजिटल माध्यमद्वारा पेमेन्ट गर्ने बानी प्रोत्साहित गर्ने कम्पनीको दाबी छ ।

‘हामीले केवल हार्डवेयर र स्मार्टफोन मात्रै बिक्री गरेका छैनौँ, आफ्ना दैनिक कार्यहरु सहज बनाउन स्मार्ट तरिकाले फोन प्रयोग गर्न पनि प्रोत्साहित गरिरहेका छौं,’ नेपालको लागि मोटोरोला मोवाइलको आधिकारिक विक्रेता लाइफकमका प्रबन्ध निर्देशक अमित अग्रवालले भने ।

फेसबुक र अन्य मनोरन्जनात्मक एपहरु मात्र प्रयोग गरेर मार्ट नभइने भन्दै उनले आफ्नो जीवन सजिलो र सुविधाजनक बनाउन स्मार्ट तरिकाले फोन प्रयोग गर्नु पर्ने बताए । अनलाईनबाट सजिलै भुक्तानी गरी समय र पैसा को सदुपयोग गर्ने जस्ता सेवाको आत्मसात गर्न सुरुवात गर्न अग्रवालले सुझाए ।

खल्तीले नेपालमा मोबाइल भुक्तानी प्रबर्धन गर्ने काम गर्दैछ । खल्तीसँग डिजिटल भुक्तानी बढाउन र स्मार्टफोन प्रयोगकर्ताहरूलाई अझ बढी स्मार्ट बनाउनका आफूहरुले सहकार्य सुरु गरेको अग्रवालले बताए ।

छिमेकी देशहरू भारत, चीन र बांग्लादेशको तुलनामा नेपाल मोबाइल भुक्तानीको प्रयोगमा धेरै पछाडी रहेको भन्दै उनले यो साझेदारीबाट नेपालमा मोबाइल भुक्तानीको प्रयोग बढ्ने अपेक्षा पनि गरे ।

मोटोरोलासँगको यस्तो सहकार्यले डिजिटल भुक्तानीमा सहयोग प्राप्त हुने खल्तीका प्रबन्ध निर्देशक मनिष मोदीले बताए ।

‘अहिले लगभग हरेक युवाहरूको हातमा स्मार्टफोन पुगिसकेको छ, यद्यपि प्रायजसोलाई फोन प्रयोग गरी नगदबिना नै कारोबार गर्न सकिन्छ भन्ने थाहा छैन, हामी मोटोरोलासँग साझेदारी गरी यो अभियान सुरू गरी नयाँ स्मार्टफोन प्रयोगकर्ताहरूमा मोबाइल भुक्तान सेवा प्रदान गर्न पाउँदा उत्साहित छौं,’ प्रबन्ध निर्देशक मोदीले भने ।

यो अभियानले नेपाली युवाबीचमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने र मोबाइल भुक्तानीलाई अर्कोस्तरमा पुर्याउने आशा खल्तीको छ ।

नयाँ स्मार्टफोन किन्ने योजना बनाइरहेका व्यक्तिका लागि यो एउटा आकर्षक अफर हुन सक्छ । र, यो अभियानले अहिलेसम्म मोबाइलबाट भुक्तानी गर्ने बानीको सुरुवात नगरेका व्यक्तिहरुका लागि बानी परिवर्तन गर्न र खल्तीको सजिलो मोबाइल भुक्तानीको मज्जा लिन प्रोत्साहित गर्ने खल्तीको दाबी छ ।

सरकारले भर्खरै घोषणा गरेको बजेटमा एक वर्ष भित्र सबै नेपाली बैंक खाता खोल्ने अभियान सुरु गर्ने जनाएको छ । घरमा बसीबसी मोवाइलबाटै सरकारलाई राजश्व तिर्न सकिने प्रणालीको सुरुआत गरी सकेको यो अवस्थामा खल्ती र मोटोरोलाले गरेको यो संयुक्त अभियानले धेरै महत्व राख्ने बताइएको छ ।

यो अफर तत्कालका लागि चारवटा मोटोरोला स्मार्टफोनहरूको खरिदमा उपलब्ध छ । यो अफर मोटो सी, मोटो सीप्लस ,मोटो ई४, र मोटो मोटो ई४ प्लस फोनहरू नेपालभरी रहेका मोटोरोला फोनका आधिकारिक पुनर्विक्रेताबाट खरिद गर्न सकिन्छ । अफर सीमित समयको लागि मात्रलागु हुने कम्पनीले जानकारी दिएको छ ।

कसरी प्राप्त गर्ने क्यासब्याक ?
मोटोरोला स्मार्टफोन खरिद गरे पछिः खल्तीडटकम÷एपबाट खल्ती एप डाउनलोड गर्नुहोस् । वा नयाँ मोटोरोला मोबाइल सेटमा क्यूआर कोड स्क्यान गर्नुहोस् ।

तपाईंको मोबाइल नम्बर र नयाँ पासवर्ड प्रयोग गरी खल्तीमा साइनअप र लग इन गर्नुहोस् ।

साइड मेनुमा ’कूपन’ मेनुमा जानुहोस् । र, मोटो टाइप गर्नुहोस् र आरइडीइइएम वटन थिच्नुहोस् ।

आईएमईआई विवरणहरूको प्रमाणीकरण पछि तपाइँले खल्ती एपमा तत्काल खल्ती क्यासब्याक पाउनुहुनेछ ।

अब तपाईंले उक्त खल्ती ब्यालेन्स प्रयोग गरी मोबाइल रिचार्ज गर्न, खानेपानी, बिजुली, इन्टरनेट जस्ता सेवाको बिल भुक्तानी गर्न, फिल्म टिकट खरीद गर्न र अन्य धेरै सेवाहरुको भुक्तानी गर्न सक्नुहुने कम्पनीले जानकारी दिएको छ ।

यो योजना रहेको मोटोसी मोबाइलको अधिकतम मूल्य १० हाजर ९९० रुपैयाँ छ । यो मोबाइल किन्दा तपाइले १ हजार रुपैयाँ क्यासब्याक पाउनु हुनेछ ।

यस्तै मोटो सीप्लस मोबाइलको मूल्य १३ हजार ४९० रुपैयाँ छ । यो मोबाइलको खरिदमा पनि १ हजार रुपैयाँ नै क्यासब्याक पाइनेछ ।

मोटो इ४ को मूल्य १५ हजार २९० रुपप्ैयाँ छ । यसको खरिदमा १ हजार ५०० रुपैयाँ क्यासब्याक पाइनेछ ।

यस्तै मोटो इ४प्लसको मूल्य १९ हजार ९९० रुपैयाँ छ । यसको खरिदमा २ हजार रुपैयाँ क्यासब्याक पाइनेछ ।

Publish on: