हकप्रद र बोनसमा लगाइएको लाभकर खारेज गर्न चेम्बरको माग « Eglish Khabarhub

हकप्रद र बोनसमा लगाइएको लाभकर खारेज गर्न चेम्बरको माग



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले हकप्रद र बोनस सेयरको लाभकरमा लगाइएको लाभकरको व्यवस्था खारेज गर्न माग गरेको छ ।

आन्तरिक राजस्व विभागले हालै सेयर बजारमाबोनस सेयर तथा हकप्रद सेयरको लागतमुल्य गणना गर्दा सेयरको अंकित चुक्ता मूल्य लाई लागत लिई सो आधारमा लाभको गणना गरि लाभकर असुलगर्न, गराउनगरिएको व्यवस्थाप्रति यस चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त व्यवस्था कर सम्बन्धि स्थापित सर्बमान्य सिद्दान्त र अन्तर्रा्ष्ट्रिय प्रचलनतथामुल्यमान्यताबिपरित भएकोले उक्त व्यवस्था अबिलम्ब खारेज गर्न नेपाल चेम्बर अफ कमर्शले माग गरेको छ ।

Publish on: