काठमाडौं । सरकारले हकप्रद र बोनस सेयरमा लगाएको कर हटाएको र त्यसपछि लगानीकर्ता आन्दोलन फिर्ता लिएपछि नेप्से परिसूचक करिब १४ अंकले बढेको छ ।
कर विवादको कारण सेयर कारोबार मंगलबार भएको थिएन । आइतबार र सोमबार गरेर ४० अंकले परिसूचक घटेको थियो ।
अर्थमन्त्रालयमा भएको सहमतिपछि लाभकरमा पुरानो व्यवस्था कायम गर्न अर्थमन्त्रालय सहमत भएको थियो । सो सहमतिपछि लगानीकर्ता आन्दोलन छाडेर सेयर कारोबारमा फर्केका थिए ।
१२ः४५ बजेदेखि बढ्न थालेको नेप्से परिसुचकको अन्तिम १३.९१ अंकमा पुगेर रोकिएको हो ।
१.३१ प्रतिशतले नेप्से बढ्दा १२८२.७५ विन्दुमा पुगेको छ ।
आज झण्डै २ घण्टा चलेको कारोबारमा १ सय ३८ कम्पनीका ४ लाख ९७ हजार ५ सय ९२ कित्ता सेयर खरिद बिक्रि भएको हुन् ।
समग्र नेप्सेमा २३ करोड ८९ लाख रुपैयाँको कारोबार भएको हो ।
आज भएको नेप्से कारोबारमा अन्य समूह बाहेक सबै बढेका हुन् ।
बैकिङ समूह ११.४२, होटल समूह ३०.०३, विकाश बैंक समूह १६.२४, जलबिद्युत समूह २४.५३, वित्त समूह ०.१६, बीमा समूह १४४.९९, उत्पादन मूलक समूह २२.०१ र लघुवित्त समूह ३४.९८ अंकले बढेका हुन् ।
यस्तै अन्य समूह भने ९.०१ अंकले घटेको हो ।
आज नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा बढी कारोबार भएको छ । बैंकको ३ करोड ९२ लाख रुपैयाँको कारोबार भएको हो ।
नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशतले कमाइ गरेका हुन् । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकले ३.२४ प्रतिशतले गुमाएका हुन् ।
SHARE YOUR THOUGHTS