काठमाडौं । स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता एवं आईएमएस ग्रुप अन्तर्गतको आईएमएस मोटर्सले अन्बिटेबल डिस्काउन्ट सुरु गर्ने भएको छ ।
नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता एवं आईएमएस ग्रुप अन्तर्गतको आईएमएस मोटर्सले जेठ २८ गतेदेखि अन्बिटेबल डिस्काउन्ट सुरु गर्न लागेको हो ।
यस अभियान अबधिभर, आइएम एस मोटर्सले सिमित स्टक स्याङयोङ गाडीको खरिदमा, बजेट पुर्वकै मुल्यमा न्युनतम ५ लाख रुपैयाँको छुट दिने जानकारी दिएको छ ।
कम्पनीले कोरियन लक्जरी एसयुभी ब्राण्ड, स्याङयोङले ग्राहकका लागि एक्सचेन्ज सुविधा, सरल फाइनान्सीङ, ३ वर्ष निशुल्क सर्भिसिङ्ग, ३ वर्षेवारेन्टी, चालु आर्थिक वर्षको निःशुल्य सवारी कर र निःशुल्क एक्सोसरिज लगायतका सुविधाहरु प्रधान गर्ने जानकारी दिएको छ ।
‘पछिल्लो समय पारित भएको नयाँ वित्तीय नीतिले अटोमोबाइलमा ४० प्रतिशत सम्मको अन्त शुल्क बढाएको हुँदा, हामीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर यो अभियान सुरु गर्न लागेका हौँ,’ आइएम एस मोटर्सको सेल्स एण्ड अपरेसनका प्रमुख प्रबन्धक, सुदिप आचार्यले भने ।
यो छुट साङयोङ गाडीको सिमित स्टकको पूर्वनिर्धारित मूल्यमा लागु हुने आचार्यले जानकारी दिए ।
कम्पनिले संसार भरी करिब १ हजार ६ सय ५८ बिक्रेतामार्फत १ सय २८ भन्दा बढी देशहरुमा निर्यात संजाल बनाएको छ ।
SHARE YOUR THOUGHTS