काठमाडौं । महालक्ष्मीबिकास बैंकले ओ दार्चुला जिल्लाको गोकुलेश्वर र बैतडी जिल्लाको पाटनमा शाखा खोलेको छ ।
बैँकको गोकुलेश्वर शाखाको उद्घाटन शैल्यशिखर नगरपालिकाकानगर प्रमुख अमरसिंह धामी तथा पाटन शाखाको उद्घाटन पाटन नगरपालिकाका नगर प्रमुख केशबबहादुर चंदले गरे ।
बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमाउपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरेका थिए ।
उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ठ सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाईरहने प्रतिवद्धता व्यक्त गरे ।
बैंकको ७१ वटा शाखा कार्यालय रहेको छ । चैत मसान्तसम्ममा २५ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
SHARE YOUR THOUGHTS