काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घरजग्गा व्यवसायीलाई काठमाडौं बाहिर केन्द्रीत हुन आग्रह गरेका छन् । देश आधुनिकीकरणको चरणमा गइसकेको समयमा एकै स्थनमा मात्रै संरचना बनाएर नहुने तर्क गर्दै उनले भने ‘अब व्यसायी काठमाडौं बाहिर केन्द्रीत हुनुपर्यो ।
व्यसायीको सजिलको लागि हामीले देशभरका यति धेरै स्थानमा नयाँ सहर बनाउने भनेका छौ । ती नयाँ सहर बन्ने ठाउतर्फ केन्द्रीत हुनुपर्छ व्यसायी । धेरै घर बनेर काठमाडौं त काम नलाग्ने इट्टाको थुप्रो जस्तो देखिन थालिसक्यो ।’
घरजग्गा मेला उद्घाटन कार्यक्रममा बोल्दै ओलीले व्यवसायीलाई उर्बर र खेतियोग्य जमिन आवासका लागि प्रयोग नगर्न पनि सुझाए ।
सरकारले देशभर नयाँ सहर निर्माण सुरु गरेको हुँदा घर जग्गा व्यवसायीले उपत्यका बाहिर निर्माण हुने सहरमा गएर काम गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए ।
काठमाडौंमा १०/२० वटा घर बनाउने व्यवसायीले नयाँ बन्ने सहरमा एकैपटक हजारौ घर बनाउन पाउँदा आर्थिक बृद्धि र विकास एकैचोटी हुने ओलीको धारणा थियो । व्यवसायीको काठमाडौं केन्द्रीत प्रवृतीतर्फ इगिंत गर्दै ‘काठमाडौंमा के राखेको छ’ भन्दै प्रश्न पनि गरेका थिए ।
शुक्रबारबाट शुरु भएको घरजग्गा मेला तीन दिनसम्म चल्ने छ । भृकुटीमण्डमा चलिरहेको मेलामा १ सय २५ वटा स्टल रहेका छन् ।
SHARE YOUR THOUGHTS