पोखरा । पोखरा लेखनाथ नगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाउदा ५ जना घाइते भएका छन् ।
पोखराको फिर्के खोलामा पैदल मार्ग को मेयर जिसीले डोजर चलाएर उद्घाटन गर्ने कार्यक्रम राखिएको थियो । उनले डोजर चलाएर उद्घाटन गर्दा ५ जना घाइते भएका हुन् ।
मेयर जिसीले झुक्किएर डोजरको लिभर दवाउँदा डोजरको बकेटले रेलिङ भत्काउदा त्यसैमा आड लगाएर उद्घाटनको फोटो खिचिरहेका पत्रकार र सर्वसाधारण एक्कासी २० मिटर तल फिर्के खोलामा खसेका थिए।
SHARE YOUR THOUGHTS