काठमाडौं । काठमाडौं–मलेसिया उडान गर्दै आएका नेपाली विमान कम्पनीहरुले उडान कटौती गरेको छन् ।
वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारमा कमी आएसँगै एयरलाइन्स कम्पनीले नियमित रुपमा गर्दै आएको उडान कटौती गरेका हुन ।
राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सले सातामा एक उडान कटौती गर्ने निर्णय गरेको छ ।
सातामा ४ वटा उडान गर्दै आएपनि जहाजको लोड कम भएपछि सोमबारबाट एउटा उडान कटौती गर्ने निर्णय भएको नेवानिका प्रवक्ता रबीन्द्र श्रेष्ठले जानकारी दिए ।
यसैगरी निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्सले पनि सातामा ३ वटा उडान कटौती गरेको छ ।
हिमालयले अहिले यात्रु कम पाउन थालेपनि सातामा दुई वटा मात्र्रै उडान गरेको छ । यही क्रम रहेमा सातामा एउटा पनि उडान मात्रै गर्न पर्ने अवस्था आउने हिमालय एयरलाइन्सको भनाइ छ । यस अघि हिमालयले सातामा पाँच वटा उडान गर्दै आएको थियो ।
SHARE YOUR THOUGHTS