काठमाडौं । साताको चौँथो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.३४ अंकले घटेको छ । परिसूचक ०.६८ प्रतिशतले घट्दा १२१७.८४ विन्दुमा पुगेको हो । बुधबार १ सय ५६ कम्पनीका २५ लाख ९१ हजार ९ सय ९ कित्ता सेयर खरिद विक्री भएको छ ।
समग्र नेप्सेमा २७ करोड ३८ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकिङ समूह ६.४१, होटल समूह ६.७८, विकास बैंक समूह ७.१८, जलविद्युत समूह २०.७१, वित्त समूह १.६९, बीमा समूह ४०.८८, उत्पादन मूलक समूह ३.६५, लघुवित्त समूह १०.११ र अन्य समूह ७.९१ अंकले घटेका हुन् ।
ट्रेडिङ समूहले भने आज कुनैपनि कारोबार गरेको छैन । यस्तै ओम डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै कारोबार गरेको छ । बैंकले ३ करोड ६१ लाख ७५ हजार बढीको टर्न ओभर गरेको हो ।
एभरेष्ट बैंकका लगानीकर्ताहरुले ३.९९ प्रतिशतले कमाई गरेका छन् । युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताहरुले ४.३७ प्रतिशतले गुमाएका छन् । केही समय यता नेप्से परिसूचक लगातार घट्ने क्रममा नै रहेको छ ।
SHARE YOUR THOUGHTS