काठमाडौं । साताको पाचौँ दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.६२ अंकले बढेको छ । परिसूचक ०.०५ प्रतिशतले बढ्दा १२१८.४६ विन्दुमा पुगेको हो ।
आज १ सय ६३ कम्पनीका ६ लाख २३ हजार १ सय ११ कित्ता सेयर खरिद विक्री भएको छ ।
समग्र नेप्सेमा १९ करोड ६६ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकिङ समूह ०.३४, जलविद्युत समूह ०.५४, वित्त समूह ०.५४, बीमा समूह ७.३८ र अन्य समूह ७.२६ अंकले बढेका हुन् ।
यस्तै ट्रेडिङ समूह २.८७, होटल समूह ६४.९७, विकास बैंक समूह ०.९९, उत्पादन मूलक समूह ०.२३ र लघुवित्त समूह ६.५५ अंकले घटेका हुन् ।
नबिल बैंकले आज सबैभन्दा धेरै कारोबार गरेको छ । बैंकले आज ९ करोड ३२ लाख ९१ हजारको टर्नओभर गरेको हो ।
यस्तै आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानी कर्ताले आज ७.०५ प्रतिशतले कमाई गरेको छन् । नेपाल हाइड्रो डेभलपमेन्टका लगानीकर्ताहरुले ९.८७ प्रतिशतले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS