काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि.ले आफ्नो नयाँ शाखा काठमाडौंको बानेश्वरमा खोलेको छ । कम्पनीको यो ४२ औं शाखा हो ।
कम्पनीका नायब महाप्रवन्धक तुल्सीनारायण मानन्धरले असार ८ गते नयाँ शाखाको उद्घाटन गर्नु भएको हो ।
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले नेपालभर रहेका ४२ वटा शाखा कार्यालयहरु बाट मोटर बीमा, अग्नी बीमा, सामुन्द्रिक बीमा, स्वास्थ्य बीमा, बाली तथा पशु बीमा र लघु बीमाको सेवा प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले हालसम्म १२८ करोड बीमा शुल्क संकलन गरिसकेको बिज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ ।
SHARE YOUR THOUGHTS