झापाको गाउँ पालिकामा एनआईसी एशियाको शाखा « Eglish Khabarhub

झापाको गाउँ पालिकामा एनआईसी एशियाको शाखा



काठमाण्डौ । एन आई सी एशिया बैंकले झापा जिल्लाको कचनकवल गाउँपालिका, वडा नं ६, बनियानीमा नयाँ शाखा स्थापना गरेको छ । यही असार ११ गते एक समारोहका बीच प्रदेश नम्बर १ का सांसद बसन्तकुमार बानियाँ र कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलम शाखा उद्घाटन गरिएको छ ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप सो शाखा स्थापना गरिएको बैंकद्वारा प्रकाशित विज्ञप्तीमा जनाइएको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेका अनुसार देशभर २२४ शाखा कार्यालयहरु, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिएको छ ।

सहायक प्रमुख कार्यकारी अधिकृत पाण्डेका अनुसार बैंकको वासलातको आकार १७४ अर्ब भन्दा बढि पुगेको छ भने कूल निक्षेप करिब १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कूल कर्जा करिब ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाएको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छन् ।

Publish on: